ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हवाईमार्गबाट ११ हजार ५०० नेपाली स्वदेश फर्किए

२०७७ असार, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले विदेशबाट फर्किन अनुमति दिएसँगै लकडाउन अवधिमा साढे ११ हजार नेपाली स्वदेश फर्किएका छन् । असार १५ गतेसम्म २१ देशबाट ११ हजार ५८५ नेपाली फर्किएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसको कारण जोखिम बढेपछि सरकारले अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ । जेठ २१ गतेदेखि चार्टर्ड उडान मार्फत आफै पैसा तिरेर फर्किन सरकारले अनुमति दिएलगत्तै विभिन्न देशबाट सो संख्यामा नेपालीहरू स्वदेश फर्किएको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

यसैबीच सरकारले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका तयार पारेको छ । निर्देशिकाअनुसार प्रमाणित भएका कामदारका लागि अवस्था हेरेर आधा वा सबै खर्च सरकारले बेहोर्ने भएको छ । एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएका कामदारका लागि लाग्ने सबै खर्च भने सरकारले बेहोर्नेछ भने एक वर्ष वा सोभन्दा बढी र करार अवधिभित्रै रोजगारी गुमाएका कामदारका लागि ५० प्रतिशत खर्च सरकारले बहोर्ने भएको छ ।

यो निर्णयबाट विदेशबाट फर्किन चाहने तर आपूmसँग पैसा नभएकाहरू लाभान्वित हुनेछन् । स्वदेश फर्किन चाहने आफै रकम तिरेर फर्किएको तर सरकारले उद्धारको नाममा प्रचार मात्र गरेको भन्दै आलोचना भएको थियो । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको मितिदेखि नै उक्त निर्देशिका लागू हुनेछ । कार्यविधि स्वीकृत भए मापदण्डमा परेका श्रमिकको हवाई टिकट, स्वास्थ्य जाँच, यातायात लगायत खर्च सरकारले बेहोर्नेछ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई अलपत्र परेका कामदारलाई कोषको रकम खर्च गरी उद्धार तथा स्वदेश फिर्ता गरिने भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्