ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : रू. ३२ अर्ब ६० करोडको धान चामल आयात

२०७७ असार, १६  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । प्रत्येक वर्ष झैं यस वर्षको असार १५ गते (सोमवार) पनि राष्ट्रिय धान दिवस मनाइयो । तर यो दिवस औपचारिकतामा सीमित हुँदै गएको र देशमा धानमा आत्मनिर्भर बन्ने रणनीतिमा कसैको चासो नभएकाले नेपालमा वर्षेनि धान चामलको आयात बढ्दै गएको छ । गत आर्थिक वर्षमा रू. ३२ अर्ब ६० करोड बराबरको धान चामल आयात भएको देखिन्छ । यसरी रणनीतिक महइभ्वको वस्तु धान चामलको आयात ठूलो परिमाणमा हुनु देशको हितमा हुँदैन ।

यस पक्षलाई दृष्टिगत गर्दै मुलुकलाई धान चामलमा आत्मनिर्भर बनाउन आवश्यक नीति तर्जुमा गर्नु आवश्यक देखिन्छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ११ महीना अर्थात् जेठ मसान्तसम्मको धान चामलको आयात रू. ३० अर्ब ८३ करोडको रहेको छ । यसरी हेर्दा यो वर्ष धान चामलको आयातमा थप वृद्धि हुने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्