ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फ्रान्सका पूर्वप्रधानमन्त्री फियोँ र उनकी पत्नी भ्रष्टाचार मुद्दामा दोषी ठहर 

२०७७ असार, १६  
अन्तरराष्ट्रिय
Image Not Found

असार १६, पेरिस (फ्रान्स) फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फियोँ र उनकी पत्नी पेनेलोप फियोँलाई त्यहाँको एक अदालतले सार्वजनिक कोष दुरूपयोग मुद्दामा दोषी ठहर गरेको छ । 

फियो प्रधानमन्त्री हुँदा संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको भनी परेको मुद्दामा अदालतले यिनीहरु दुबैलाई दोषी ठहर गरेको हो ।

यस कामका लागि पेनेलोपले ८ लाख ३१ हजार ४०० यूरो भुक्तानी लिएकी थिइन् । अदालतले फियोँलाई पाँच वर्ष र पेनेलोपलाई तीन वर्षको सजाय तोकेको छ । दुवै जनालाई तीन/तीन लाख ७५ हजार यूरो जरिवाना तिर्न आदेश दिइएको छ । यसका साथै गैर–कानूनीरूपमा लिएको उक्त दश लाख यूरो राष्ट्रिय सभालाई फिर्ता गर्न निर्देशन पनि दिइएको छ । 

यसै प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा विजयको बलियो सम्भावना हुँदा हुँदै पनि फियाँेले अभियानबाट पछाडि हट्नु परेको थियो । यसरी हिरासतको सजाय पाउने उनी सन् १९५८ यताका सबैभन्दा वपिरष्ठ फ्रान्सेली राजनीतिक व्यक्तित्व हुन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्