ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एभरेष्ट इन्स्योरेन्सको २५ औं वार्षिक साधारण सभा साउन ६ गते हुँदै

२०७७ असार, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा साउन ६ गते दिउँसो २ बजे अग्रवाल भवन, काठमाडौंमा हुने भएको छ । 

कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाको प्रस्तावमा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने रहेको छ । 

साथै आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७६/ ७७ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । 

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असार २५ गते एक दिन बन्द रहनेछ । असार २४ गते सम्म कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्