ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाका कारण लम्बियो साफ च्याम्पियनसिप प्रतियोगिता  

२०७७ असार, १६  
खेल विविध
Image Not Found

असार १६, काठमाडौं । बंगलादेशमा हुने भनिएको १३औं संस्करणको दक्षिण एशियाली फुटबल महासंघ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ ।

कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो ।     
     
साफको सोमवार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो । 
बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो ।

१२ औं साफ सन् २०१८ मा बंगलादेशको ढाकामा आयोजना गरिएको थियो । १२ औं साफको उपाधि माल्दिभ्सले जितेको थियो । 

सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । यसैगरी महिला र पुरुषतर्फ साफ यू–१५ च्याम्पियनसिप र साफ यू–१८ वुमन्स च्याम्पियनसिपबारे साफको अर्को बैठकले टुंगो लगाउने बताइएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्