ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मुक्तिनाथ विकास बैंकका हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध

२०७७ असार, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं । मुक्तिनाथ विकास बैंकले हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध गरेको छ । 

उक्त कम्पनीले आव २०७६/ ७७ सम्मको डिम्याट खाता सञ्चालन गरे बापतको वार्षिक शुल्क रू. १०० भुक्तानी गर्न अनुरोध गरेको छ । सम्पूर्ण हितग्राहीहरुले असार मसान्तभित्रमा उक्त कम्पनीको मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सक्नेछन् । 

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जानकारी दिएको छ ।

साथै मेरोशेयर सेवा लिएका हितग्राहीले पनि सञ्चालनमा आएको एक वर्षभित्र नविकरण गरिसक्न र सो समय भित्र नविकरण नगरेमा सेवा बन्द हुने भएकाले मेरोशेयरको पनि वार्षिक सेवा शुल्कसमेत नविकरण गर्न भनिएको छ ।

हितग्राही धारकले वार्षिक नविकरण शुल्क ई– सेवा, खल्ती, कनेक्ट आईपीएस तथा आइएमई–पे मार्फत भुक्तानी गर्न सक्नेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्