ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

देव : विकास बैंकलाई प्राप्ति गरेको कुमारीले असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गर्दै

२०७७ असार, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं । कुमारी बैंक र देव : विकास बैंकले असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । 

नेपाल राष्ट्र बैंकबाट असार १० गते अन्तिम स्वीकृति पाएसँगै यी दुई कम्पनीले एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । देव : विकास बैंकको शून्य दशमलव ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देव ः लाई प्राप्ति गरेको हो । 

प्राप्ति सम्वन्धि प्रस्ताव कुमारीले जेठ १९ गतेको विशेष साधारण सभामार्फत र देव : विकास बैंकले सोहि दिन सम्पन्न १३ औं वार्षिक साधारण सभामार्फत पारित गराएका थिए । 
सोहि सभाबाट देव : विकास बैंकले ८ दशमलव ५५ प्रतिशत बोनस शेयर पनि पारित गरेको छ । 

बोनस पश्चात देव : विकास बैंकको चुक्तापूँजी रू. ३ अर्ब ४४ करोड ८७ लाख ४२ हजार पुगेको छ । देव : विकास बैंकले तेस्रो त्रैमाससम्म कायम चुक्तापूँजी रू. ३ अर्ब १७ करोड ७१ लाखको आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर दिएको छ ।
 

कुमारी बैंकको चुक्तापूँजी रू. ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रहेको छ । दुबै कम्पनी एक भएपछि चुक्तापूँजी रू. १३ अर्ब २८ लाख  ७२ हजार पुगेको छ ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्