ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दुई घण्टामा नेप्से ६ % ले बढेपछि सकारात्मक सर्किट, आजको कारोबार बन्द 

२०७७ असार, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं । मंगलवार दुई घण्टमा ६ प्रतिशतको सकारात्मक सर्किटपछि शेयर कारोबार बन्द भएको छ ।

९८ दिनपछि खुलेको नेपालको शेयर बजारमा दोस्रो कारोबार दिन भने लगानीकर्ताको मनोबल उच्च देखिएको छ । 

पहिलो दिन ५२ अंकसम्म घटेर ३९ अंक बाउन्स ब्याक भएको बजार दोस्रो दिन ७२ अंकले बढेर बन्द भएको छ । मंगलवार नेप्से परिसूचक १ हजार २६० दशमलव ७५ मा बन्द भएको छ । 
मंगलवार दुई घण्टामा १३४ कम्पनीको रू. २२ करोड ७२ लाख १२ हजार बराबरको ४ लाख ८९ हजार ५३७ कित्ता शेयर कारोबार भएको छ । यस दिन कारोबारमा आएका १२ समूहमध्ये होटल्स र म्युचुअल फण्डको परिसूचक घटेको छ भने बाँकी सबैको परिसूचक बढेको छ । होटल्स समूहको परिसूचक ३ दशमलव १३ र म्युचुअल फण्डको शून्य दशमलव ३३ प्रतिशतले परिसूचक घटेको हो । 

मंगलवारको कारोबारमा व्यापारिक समूहको सबैभन्दा धेरै ८ दशमलव ३२ प्रतिशतले परिसूचक बढेको छ । 

यस दिन हिमालयन डिष्टिलरीको सबैभन्दा बढी रू. ३ करोड ६४ लाख ३८ हजार बराबरको शेयर कारोबार भएको छ ।

 नागरिक लगानीकोष, एशियन लाइफ इन्स्योरेन्स , सूर्या लाइफ इन्स्योरेन्स , नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेण्टका लगानीकर्ताले मंगलवार सबैभन्दा बढी कमाएका छन् भने कारोबारको दोस्रो दिन नकारात्मक सर्किट सहित नेपाल पुनर्बीमा कम्पनीका शेयर धनीहरुले सबैभन्दा बढी गुमाएका छन् । 

नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य मंगलवार रू. ३८ ले घटेको छ । 

नेपाल पुनर्बीमा कम्पनी र ओरियण्टल होटलको शेयरमूल्यमा मंगलवार नकारात्मक सर्किट लागेको छ । ओरियण्टल होटलको शेयरमूल्य रू. ३३ ले घटेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्