ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा दोस्रो दिनमा पनि नकारात्मक सर्किट 

२०७७ असार, १६  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं । कारोबार भएको दोस्रो दिनमा पनि नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ  । 

हालैमात्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत उक्त कम्पनीको शेयर मूल्य मंगलवार पनि ९ दशमलव ९४ प्रतिशतले घटेर प्रतिकित्ता रू. ३४४ मा पुगेको हो । 

अघिल्लो दिन रू. ३८२ मा बन्द भएको उक्त कम्पनीको  शेयर मंगलवार रू. ३८ घटेर रू. ३४४ मा बन्द भएको छ ।

उक्त कम्पनीको २० हजार ३८० कित्ता शेयर खरीदविक्री भएको छ । उक्त कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेताको चाप अत्याधिक भएकाले शेयर मूल्य घटेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्