ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१४ ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक

२०७७ असार, १६  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं । १४ ओटा कम्पनीको शेयर कारोबारमा मंगलवार सकारात्मक सर्किट ब्रेक लागेको छ । 
 

विक्रेताभन्दा खरीदकर्ताको चाप अत्याधिक भएकाले सकारात्मक सर्किट ब्रेक लागेको हो । यस दिन नेप्से परिसुचक तिन पटक सर्किट ब्रेक लागेर १ बजे दिनभरीको लागि बजार बन्द भएको छ ।

१४ ओटा कम्पनी मध्ये ६ ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने बाँकी कम्पनीको शेयर मूल्य ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । 

नागरिक लगानी कोष, शिवम् सिमेण्ट, एशियन लाइफ इन्स्योरेन्स, सुर्या लाइफ,नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।  

साल्ट ट्रेडिङ कर्पोरेशन, विजय लघुवित्त, हिमालयन डिष्टीलरी, साना किसान विकास लघुवित्त, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, अरुण काबेली र स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्