ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

डीडीसीबाट मात्रै साढे पाँच करोडको दही विक्री

२०७७ असार, १६  
समाचार
Image Not Found

असार १६, काठमाडौं । दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते रू. साढे पाँच करोडको दही विक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थान (डीडीसी) बाट रू. पाँच करोड ४६ लाख ६० हजारको दही विक्री भएको जानकारी दिइएको छ ।

निजी क्षेत्रका दूग्ध व्यवसायको संस्था नेपाल डेरी एशोसिएशनबाट देशैभर चार लाख तीस हजार लिटर दही विक्री भएको एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए । उनका अनुसार बन्दाबन्दीका कारण गत वर्षको तुलनामा दहीको खपतमा कमी आए तापनि  तीन गुणा बढी खपत भएको छ । 

‘गत वर्ष असार पन्ध्रका दिन मागअनुसारको दही पुर्‍याउन एक सातादेखि मौज्दात राख्नुपर्थ्यो तर बन्दाबन्दीका कारण यसपालि धेरै माग नभएको र मागअनुसार खपतमा सहज भयो’, उनले भने ।

१० प्रतिशतले कमी
गत वर्षको तुलनामा यस वर्ष डीडीसीको दही खपतमा १० प्रतिशतले कमी आएको छ । सबैभन्दा धेरै दही काठमाडौं उपत्यकामा खपत हुँदै आएकामा बन्दाबन्दीका कारण उपत्यका छाड्नेहरु वृद्धि हुँदा खपतमा कमी आएको डीडीसीले जानकारी दिएको छ ।

डीडीसीका महानिर्देशक रुद्रप्रसाद पौडेलका अनुसार यस वर्ष काठमाडौं उपत्यकामा तीस हजार लिटर र बाहिर चालीस हजार लिटर गरी ७० हजार लिटर दही विक्री भएको छ । अन्य समयमा साँझ ५ बजेसम्म खुल्ने विक्री केन्द्र उपभोक्तालाई ध्यानमा राख्दै साँझ ७ बजेसम्म खुला गरिएको उनले जानकारी दिए । गत वर्ष निजी र सरकारी दुवैबाट असार १५ को दिन सात हजार लिटर दही विक्री भएको थियो । रासस

प्रतिक्रिया [1]
User Image

meghraj luitel

[Jun 30, 2020 11:37am]

७०००० लिटर दहि कति रुपिया लिटर मा वेचेर ५,५०,००००० हुनछ ?


प्रतिक्रिया दिनुहोस्