ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

५० प्रतिशत अनुदानमा बोयर जातका बोका वितरण 

२०७७ असार, १६  
कर्णाली प्रदेश
Image Not Found
दुल्लू नगरपालिकाका नगरप्रमुख भण्डारी कृषकहरुलाई बोका वितरण गर्दै 
author avatar पंखबहादुर शाही

असार १६, दैलेख । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ कार्यालय दुल्लूले ५० प्रतिशत अनुदानमा बोयर जातका बोका वितरण गरेको छ । 

बाख्रापालन गरिरहेका कृषकलाई व्यावसायिकीकरण गर्नका लागि बाख्रा जोन क्षेत्रका कृषकहरुलाई उन्नत जातको बोका वितरण गरिएको हो । यहाँका ४ स्थानीयतहमा  बाख्रा जोन कार्यक्रम लागू गरिएको छ  । 

परियोजनाका कृषि विकास अधिकृत राजु भुजले नारायण नगरपलिकाको ४ र १० नम्बर वडा, महाबु गाउँपालिकाको ३,४,५ र ६ नम्बर वडा, भैरवी गाउँपालिकाको ६ र ७ नम्बर वडा र चामुण्डा विन्द्रासैनी नगरपालिकाको १ र ३ नम्बर वडामा बाख्रा जोन लागू गरिएको जानकारी दिए । 

जोन छनौट भएका स्थानहरुबाट माग भएअनुसारका समूह, सहकारी र फर्महरुलाई बोका वितरण गरिएको हो,’ उनले भने । आइतवार दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीद्वारा १५ ओटा बोका कृषकलाई हस्तान्तरण गरिएको हो ।

‘भैरवी गाउँपालिकामा १०, चामुण्डा विन्द्रासैनी नगरपालिकामा ४ ओटा र महाबु गाउँपालिकामा १ ओटा बोका वितरण गरिएको भुजले बताए  । महाबु गाउँपालिका वडा नम्बर ३ बाट १० ओटा र भैरवी गाउँपालिका वडा नम्बर ६ बाट ५ ओटा बोका करीब ५ लाख ७६ हजारमा खरीद गरिएको थियो । 

सोही बोका कृषकलाई ५० प्रतिशत अनुदानमा हामीले वितरण गरेका हौँ,’ उनले भने । उनका अनुसार रू. ८०० प्रतिकेजिमा दरमा खरीद गरिएको बोकाको मूल्यमा कृषकले रू. ४०० तिरेका छन् । 

बाख्रा उत्पादन भइरहेको क्षेत्रमा बजारीकरण र उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उन्नत जातको बोका वितरण गरिएको  परियोजनाले बताएको छ । ‘यसै आर्थिक वर्षमा बजारीकरणमा सहज बनाउन गाडी खरीद गर्ने र तीन ओटा संकलन केन्द्र स्थापना गर्ने योजना थियो’ अधिकृत भुजले भने, ‘बन्दाबन्दीको कारण योजना अनुसार काम गर्न पाएनौं । आगामी आर्थिक वर्षमा यसलाई निरन्तरता दिनेछौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्