ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चीनमा फेला पर्‍यो विश्वव्यापी महामारी बन्न सक्ने नयाँ फ्लू भाइरस 

२०७७ असार, १६  
अन्तरराष्ट्रिय
Image Not Found

असार १६, पेचिङ (चीन) । चीनमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसको विश्वव्यापी महामारी अहिलेसम्म पनि हटेको छैन । अनुसन्धाताहरुले त्यहाँ विश्वव्यापी महामारी बन्ने  सम्भावना भएको नयाँ फ्लू भाइरस फेला परेका छन् । चिनियाँ सुँगुरहरुमा एक खालको नयाँ फ्लू भाइरस भेटिएको छ । यो भाइरसले मानिसलाई संक्रमित बनाउन सक्ने अध्ययनले देखाएको छ । 

स्थानीय अनुसन्धाताहरुको एक समूहले सन् २०११ देखि सन् २०१८ को बीचमा सुँगुरमा पाइएको इन्फ्लुएन्जाको अध्ययन गरेका थिए । भाइरसमा महामारी बन्न सक्ने कही गुणहरु पाइएको छ । अध्ययनको प्रतिवेदन अमेरिकी जर्नल प्रोसिडिङ्स अफ द नेशनल अकादेमी अफ साइन्सेज (पीएनएएस)मा प्रकाशित भइसकेको छ । सुँगुर पालकहरुको शरीरमा भाइरसको स्तर बढेको प्रतिवेदनका लेखकले बताएका छन् । सुँगुर पालन उद्योगमा काम गर्ने मानिसहरुलाई निगरानीमा राख्न समेत प्रतिवेदनले सुझाएको छ । 

उक्त भाइरसको संरचना परिवर्तन हुनसक्ने भएकाले चीनको घना बस्ती भएको क्षेत्रमा मानिसबाट मानिसमा सर्ने अनुसन्धाताहरुले बताएका छन् । सुँगुर फारम, प्रजनन केन्द्र, बधशाला र मासु पसलमा काम गर्ने लाखौं मानिसहरु भाइरसको चपेटामा आउन सक्ने र यो क्रमशः विश्वभरि फैलिने हो कि भनेर अनुसन्धानकर्ताहरू चिन्तित छन् । भाइरस अहिलेको लागि समस्या नभए पनि यसमा मानिसलाई संक्रमण गर्न आवश्यक सबै गुण भएकाले चनाखो हुनुपर्ने यूनिभर्सिटी अफ वाशिङटनमा बायोलोजिष्ट कार्ल बर्गस्ट्रोम बताउँछन् । 

भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता रहेको प्रतिवेदनमा भनिएको छ । नयाँ भाइरस सन् २००९ मा देखा परेको स्वाइन फ्लूसँग मिल्दो जुल्दो भएपनि यसमा केही भिन्नताहरू छन् । भाइरसलाई अनुसन्धानकर्ताहरुले जीफोर एनवनएनवनको संज्ञा दिएका छन् । 

भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ । अहिले उपलब्ध फ्लूका खोपहरू यो भाइरसविरुद्ध प्रभावकारी छैनन् । अहिले विश्वको सारा ध्यान कोरोना भाइरसमा मोडिएको भएपनि सम्भावित खतरनाक नयाँ भाइरसलाई बेवास्ता गर्नु नहुने बेलायतमा नटिङघम यूनिभर्सिटीका प्राध्यापक किन–चाउ चाङले भनेका छन् ।  एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्