ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कर्णाली प्रदेशमा पनि देखियो सलहको झुण्ड 

२०७७ असार, १६  
कर्णाली प्रदेश
Image Not Found
author avatar विनोद लम्साल

असार १६, वीरेन्द्रनगर ।  कर्णाली प्रदेशमा पनि सलह देखिएको छ । कृषि बालीमा क्षती पुर्‍याउँदै आएको सलहको झुण्ड कर्णालीमा पहिलो पटक देखिएको हो । कर्णाली प्रदेशमा सलहबारे अध्ययन गर्ने निकाय कृषि अनुसन्धान केन्द्रमा नै पहिलो पटक सलह देखिएको छ ।

कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतमा मंगलवार सलह देखिएको केन्द्र प्रमुख बन्दुराज बरालले जानकारी दिए । ‘आज बिहान मात्रै हाम्रो अनुसन्धान केन्द्रमा सलह देखिएको छ । यो धेरै ठूलो समूहमा छैन । कतैबाट छुट्टिएर आएको सानो झुण्ड हो,’ उनले भने, ‘वरिपरिका किसानको बारीमा आएको बारे भने अफूहरुलाई जानकारी नआएको उनले बताए । यति संख्यामा रहेको सलहले बालीनालीमा त्यति असर पार्दैन ।’

सलह ठूलो संख्यामा आएमा थाली र ड्रम बजाएर सलह भगाउने र आवश्यक परे विषादी पनि प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । ‘सानो बिउ भएको स्थानमा मान्छेले नै सलहलाई भगाउने र ठूलो स्थानमा आवश्यक परेको खण्डमा विषादी नै प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘अहिले नै आत्तिनुपर्ने अवस्था भने छैन तर सचेत भने बन्न आवश्यक छ ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरी पण्डितले पनि दशरथपुरमा सलह भेटिएको  बताए । ‘सानो झुण्डमा सलह देखिएको हो,’ उनले भने, ‘सलहबाट अन्नबालीमा हुने क्षती न्यूनीकरण गर्न पालिका, केन्द्र, निजी क्षेत्र र किसानसँग मिलेर अघि बढ्ने योजना बनाइरहेका छौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्