ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोभिड–१९ का बिरामीमा मलेरियाको औषधि परीक्षण सुचारु 

२०७७ असार, १६  
अन्तरराष्ट्रिय
Image Not Found

असार १६, लन्डन (बेलायत) । मलेरिया विरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वाइन र क्लोरोक्वाइनले कोभिड–१९को संक्रमण रोक्न सक्छ कि सक्दैन भन्ने विश्वव्यापी परीक्षण पुनः सुचारु हुने भएको छ । 

बेलायती नियामकहरुले अनुमति दिएसँगै परीक्षण सुचारु हुन लागेको हो । कोपकोभ नामक यस बेलायती परीक्षणको शुरुआती नतिजाले कोभिड–१९ बाट पहिला नै संक्रमित भएका बिरामीको उपचारमा हाइड्रोक्सिक्लोरोक्वाइनले कुनै लाभ नमिलेको पाइएको थियो । उपचारको नतिजा आएपछि अध्ययनको समीक्षा स्थगित गरिएको थियो । 

अक्सफोर्ड विश्वविद्यालयको महिडोल अक्सफोडए ट्रपिकल मेडिसिन रिसर्च युनिटको नेतृत्वमा भएको यस परीक्षणमा विश्वभरका ४० हजार स्वास्थ्यकर्मी र जोखिममा रहेका अन्य कर्मचारी सहभागी गरिने लक्ष्य राखिएको थियो । 

मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्सिक्लोरोक्वाइन ‘गेम चेञ्जर’ हुन सक्ने र आफैले समेत प्रयोग गरिरहेको बताएका थिए । तर अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले भने यसको प्रभावकारिता र प्रयोग गर्दा सुरक्षित छ भन्ने कुरा प्रमाणित भइ नसकेको बताएको थियो । 

उपचारका रुपमा औषधिबाट कुनै लाभ नभएको परीक्षणहरुले देखाएपछि एफडीएले यसको आपतकालीन प्रयोग बन्द गरेको थियो । यद्यपि, यसले अझै पनि संक्रमण रोक्न सक्ने र यसको निर्धारण ‘¥यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल’बाट हुनु पर्ने कोपकोभको परीक्षणकर्ताहरु बताउँछन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्