ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रधानमन्त्री मोदीले देशबासीको नाममा गरेको सम्बोधन टिभी स्क्रिनमा हेरिरहेका महिलाहरु

२०७७ असार, १६  
Slider
Image Not Found

भारतको अहेम्दावादस्थित एक टिभी शोरुमभित्र रहेको टिभी स्क्रिनमा मंगलवार जुन ३० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबारे देशबासीको नाममा सम्बोधन गरिरहँदा टिभीको स्क्रिनमा हेरिरहेका महिलाहरु । महामारीबाट राहत दिन भारत सरकारले ८० करोड जनताका लागि ल्याएको निःशुल्क खाद्यान्न वितरण कार्यक्रम विस्तार गर्ने भएको छ । कार्यक्रम नोभेम्बरको अन्त्यसम्म विस्तार गरिने मंगलवारको सम्बोधनमा मोदीले बताएका हुन् । 

महामारी नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण हजारौं ज्यान बचेकोतर्फ औल्याउँदै मोदीले आर्थिक गतिविधि सुचारु हुँदै गर्दा सामाजिक दूरीसम्बन्धी नियमहरु निरन्तर अवलम्बन गर्न नागरिकहरुलाई आग्रह गरेका छन् । खाद्यान्न वितरण योजना विस्तार गर्न थप ९ खर्ब रुपया लाग्ने र योसँगै कार्यक्रमको कुल खर्च १५ खर्ब रुपयामा पुग्ने मोदीको भनाइ छ । तस्वीरः रोयटर्स 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्