ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटिजन्स लाईफद्वारा सामूहिक म्यादी बीमाअन्तर्गत ३४ लाख बराबरको रकम भुक्तानी 

२०७७ असार, १६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, चितवन । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई रू. ३४ लाख बराबरको रकम भुक्तानी गरेको छ । 

भरतपुर महानगरपालिका १२ का स्वर्गीय श्रीराम थापा मगरको परिवारलाई बीमा बापतको रकम रू. ३४ लाख १२ हजार ५४८ को चेक उपलब्ध गराएको  हो ।

मंगलवार भरतपुरमा आयोजित एक कार्यक्रमबीच स्वर्गीय थापाकी श्रीमती श्याम कुमारी मगरलाई वडा सदस्य विमला भट्टराई, सिटिजन्स लाइफ इन्स्योरेन्सका संस्थापक शेयरधनी प्रकाश आचार्य र वोटलर्स नेपाल तराईका एचआर म्यानेजर शैलेन्द्र चतुरवेदीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए । स्वर्गीय थापा भरतपुरको वोटलर्स नेपाल तराईमा २५ वर्षसम्म कार्यरत थिए  । उनको गत फागुनमा मृत्यु भएको थियो ।

सिटिजन्सले सामूहिक म्यादी बीमा योजना अन्तर्गत सो रकम उपलब्ध गराएको शाखा कार्यालय नारायणगढका प्रमुख गोकर्ण कार्कीले जानकारी दिए । वोटलर्स नेपाल तराईले कर्मचारीका लागि ३६ लाखको बराबरको बीमा गरिदिएको छ । बीमांक रकमको ५ प्रतिशत कटाएर रकम उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ । सो बीमाको प्रिमियम वार्षिक १० हजार रहेको  कार्कीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्