ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बेलायती अर्थतन्त्रमा ४१ वर्षयताकै खराब संकुचन

२०७७ असार, १६  
अन्तरराष्ट्रिय
Image Not Found

असार १६, लन्डन (बेलायत) । सन् २०२० को पहिलो त्रैमासमा बेलायती अर्थतन्त्र २ दशमलव २ प्रतिशतले खुम्चिएको छ । यो संकुचन ४१ वर्षयताकै खराब भएको आधिकारिक तथ्यांकले देखाएको छ । 

बेलायतको सरकारी तथ्यांक कार्यालय ‘ओएनएस’ले पहिलो त्रैमासको २ प्रतिशतको प्रारम्भिक संकुचनको तथ्यांक संसोधन गरेको छ । कोरोना भाइरसको महामारीको प्रभाव शुरु भएसँगै मार्चमा भने उल्लेख्य आर्थिक प्रभाव परेको छ । 

प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन खुकुलो बनाएपछिको पुर्नबहालीको योजना सार्वजनिक गरेकै बेलामा यो तथ्यांक आएको हो ।  पहिलो त्रैमासमा विस्तृत आर्थिक तस्वीर अर्थतन्त्र पहिलो त्रैमासमा शुरुमा अनुमान गरिएभन्दा अलि बढी खुम्चिएको देखाएको ओएनएसमा डेपुटी नेशनल स्ट्याटिष्टिशयन रहेको जोनाथन एथो बताउँछन् । 

सरकारले दिएको जानकारी अनुसार स्वास्थ्य गतिविधिमा यसअघि देखिएको भन्दा धेरै कमी आएको छ । महामारीको प्रभावका कारण मार्चमा अर्थतन्त्रका सबै मुख्य क्षेत्रमा उल्लेख्य संकुचन आएको छ । 

पहिलो त्रैमासमा संकुचन सन् १९७९ को जुलाई देखि सेप्टेम्बर त्रैमासयताकै सबैभन्दा ठूलो संयुक्त संकुचन हो । मार्चमा कुल गाहस्थ्य उत्पादन (जीडीपी) ६ दशमलव ९ प्रतिशतले खुम्चिएको नयाँ तथ्यांकले देखाएको छ । बेलायती जीडीपीको तीन चौथाई हिस्सा ओगटेको  सेवा क्षेत्रमा २ दशमलव ३ प्रतिशतको ऐतिहासिक संकुचन आएको छ । अप्रिलमा अर्थतन्त्र २० दशमलव ४ प्रतिशतले खुम्चिएको ओएनएसको पछिल्लो मासिक तथ्यांकले देखाएको छ । 

यो संकुचन सन् २००८/०९ को विश्वव्यापी वित्तीय संकटको पूरा अवधिभर देखिएको संकुचनको तीन गुणा ठूलो हो । पहिलो त्रैमासमा ९ दिन मात्रै लकडाउन भएको भएपनि यस अवधिको संकुचन ४१ वर्षयताकै ठूलो भएको पानिथएन म्याक्रोइकोनोमिक्सका प्रमुख बेलायती अर्थशास्त्री स्यामुअल टम्ब्सले भने । यो तथ्यांक शुरुआत मात्रै भएको र खराब कुरा अझै आउन बाँकी रहेको उनको भनाइ छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्