ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना : भर्टिकल साफ्टमा पेनस्टक जडान सम्पन्न

२०७७ असार, १७  
वाग्मती प्रदेश
Image Not Found

दोलखा (अस) । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भर्टिकल साफ्टमा पेनस्टक जडानको काम सम्पन्न भएको छ । आयोजनाको सबैभन्दा कठिन मानिएको भर्टिकल साप्ट (ठाडो सुरुङ)मा पेनस्टक जडान गर्ने काम सम्पन्न भएको हो ।

भर्टिकल साप्टमा पेनस्टक जडान आयोजनाको सबैभन्दा कठिन काम मानिएको थियो, जसमध्ये ३१० मिटर लामो माथिल्लो भर्टिकल साप्mटमा आइतवार पेनस्टक जडानको सम्पन्न भएको आयोजनाका प्रवक्ता डा. गणेशप्रसाद न्यौपानेले जानकारी दिए । ३७३ मिटर लामो तल्लो भर्टिकल साप्टमा पेनस्टक जडानको काम गत महीना नै सम्पन्न भइसकेको छ । बेन्ड पाइप बाहेक माथिल्लो भर्टिकल साफ्टको लम्बाइ ३०४ दशमलव ८ तथा तल्लोको ३६६ दशमलव ६ मिटर रहेको आयोजनाले बताएको छ ।

माथिल्लो भर्टिकल साफ्टमा गतवर्र्ष असार १० गतेदेखि भारतीय कम्पनी टेक्सम्याको रेल्वे इञ्जिनियरिङ तथा तल्लो भर्टिकल साप्टमा गतवर्ष असार १ गतेदेखि अष्ट्रियन कम्नी एन्ड्रिज हाइड्रोले पेनस्टक जडान शुरू गरेका थिए । एक वर्षभन्दा केही बढी समयमा आयोजनाकै सबैभन्दा कठिन काम मानिएको पेनस्टकको जडान सम्पन्न भएको छ । यसबाट अब आयोजना सम्पन्न हुने अवस्थामा पुगेको बताइएको छ ।

अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले अहिले बाइफोर्केशन तथा डिस्ट्रिब्युशन पाइप जडानको काम गरिरहेको आयोजनाका प्रवक्ता न्यौपानेको भनाइ छ । यस्तै १ सय मिटर लामो तेर्सो पेनस्टक जडानको काम भने भारतीय ठेकेदार कम्पनी टेक्सम्याकोले गर्नेछ । बाइफोर्केशन तथा तेर्सो पेनस्टक पाईपको जडान सक्न करीब २ महीना लाग्ने आयोजनाले बताएको छ । असोज अन्तिमसम्ममा एक युनिटबाट परीक्षणको रूपमा विद्युत् उत्पादन हुने सम्भावना रहेको आयोजनाको दाबी छ । जलाशय, गेट, स्पटपलक, डिस्यान्डर लगायत हेडवक्र्सका संरचनाको परीक्षण गर्र्ने क्रममा रहेको आयोजनाले कोरोना त्रासका कारण बीचैमा रोक्नुपरेको थियो । केही समयपछि ती संरचनाको परीक्षण शुरू गरिने आयोजनाले बताएको छ ।
प्रसारण लाइनको काम सकिएको छ भने आयोजनाको विद्युतगृहको काम पनि लगभग सम्पन्न भएको छ । रामेछापको फुलासीमा निर्माणाधीन सबस्टेशनको भौतिक निर्माण पनि अन्तिम चरणमा रहेको छ । साथै उपकरण ढुवानीको काम भइरहेको छ । तर रोल्वालिङ डाइभर्शनको काम भने मजदूर अभाव लगायत कारण ठेकेदारले अगाडि बढाउन नसकेको आयोजनाले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्