ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद शेयर डिम्याट खातामा 

२०७७ असार, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १७, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले शेयरधनीको डिम्याट खातामा हकप्रद शेयर पठाएको छ । 

कम्पनीले असोज २६ गतेसम्म कायम शेयरनधनीको लागि १० बराबर २ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको बताएको छ ।उक्त कम्पनीले असोज २६ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा हकप्रद शेयर जम्मा गरिदिएको छ । 

उक्त मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः शेयर जम्मा गर्दै जाने उक्त कम्पनीको भनाइ छ ।

 हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीको हकमा भने  शेयर अभौतिकीकरण गराएपछि मात्र हितग्राही खातामा जम्मा हुने पनि उक्त कम्पनीले भनेको छ ।कम्पनीको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्