ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

न्यादी आयोजनाद्वारा मर्स्याङ्दीलाई १५ लाख रोयल्टी प्रदान

२०७७ असार, १७  
गण्डकी प्रदेश
Image Not Found

असार १७, लमजुङ । निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाले मर्स्याङ्दी गाउँपालिकालाई रू. १५ लाख रोयल्टी रकम हस्तान्तरण गरेको छ ।  सो गाउँपालिकामा आफूले प्रयोग गरेको ढुङ्गा, गिटी, बालुवावापतको रोयल्टी रकम गाउँपालिकालाई प्रदान गरिएको हो । 

स्थानीय सरकार ऐन २०७४ मा व्यवस्था भएबमोजिम गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई उनकै कार्यकक्षमा बुटवल पावर कम्पनी लिमिटेडका उपमहाप्रबन्धक टीकाराम भट्टले सो रकमको चेक हस्तान्तरण गरेका हुन् । 

गाउँपालिकाभित्र सञ्चालित योजना वा आयोजनाले प्राकृतिक स्रोतसाधन उपयोग गरेवापत रोयल्टी उठाइने प्रावधानबमोजिम गाउँपालिकाले उक्त रकम लिएको अध्यक्ष गुरुङले बताए । सो आयोजनाको निर्माण थालिएदेखि ढुङ्गा, गिटी, बालुवालगायत वस्तु उपयोग गर्दै आएकाले रोयल्टीवापतको सो रकम गाउँपालिकालाई उपलब्ध गराइएको उनको भनाइ छ ।

अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङ जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका –६ मा निमार्णाधीन  आयोजनाले विसं २०७३ चैतदेखि काम गर्दै आएको छ । अनुमानित रू. ६ अर्ब लागतमा निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको आयोजनाको हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्