ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सिटीजन्स बैंक र सहयोगि विकास बैंकको एकीकृत कारोबार असार २० गतेदेखि

२०७७ असार, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १७, काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनलले सहयोगि विकास बैंकलाई प्राप्ति पश्चात असार २० गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।

प्राप्ति पश्चात सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडको नामबाट एकीकृत कारोबार हुन लागेको हो । सिटीजन्स बैंकले सहयोगि विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा गत असार १० गते नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनी रजिष्टारको कार्यालयबाट गत असार १४ गते स्वीकृती पाएको थियो  । 

सहयोगि विकास बैंकको १०० कित्ता बरावर सिटीजन्स बैंकको ९१ दशमलव ७५ कित्ता शेयर शेयर मूल्य अनुपात कायम भएको छ ।

सिटीजन्स बैंकले सहयोगि विकास बैंकलाई प्राप्ति गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ८ करोड पगेको छ । प्राप्ति पश्चात उक्त कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं जिल्ला कामनपा– १ नारायणहिटी पथमा रहने छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्