ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लक्ष्मी भ्यालु फण्ड– १ ले स्वामित्वका १३ ओटा कम्पनीको शेयर लिलामीमा विक्री गर्ने

२०७७ असार, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १६, काठमाडौं । लक्ष्मी भ्यालु फण्ड– १ ले आफ्नो स्वामित्वमा रहेका १३ कम्पनीको शेयर असार १७ गते देखि  लिलामीमा विक्री खुला गरेको छ ।

उक्त योजना परिपक्व भएसँगै आफ्नो स्वामित्वमा रहेको शेयर लिलाम विक्री खुला गरेको हो । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति असार २४ गतेसम्म रहेको छ । 

सामुहिक लगानी कोष  नियामावली– २०६९ को व्यवस्था अनुसार खारेजिमा लैजाने क्रममा योजनाको नाममा रहेको लगानीलाई तीन महीनाभित्र नगदमा परिणत गरी इकाई धनीलाई उनीहरुको स्वामित्व फिर्ता भुक्तानी गर्ने व्यवस्था छ । 

सोही अनुसार योजनाको नाममा रहेको र हालै घोषणा गरिएका बोनस शेयर तथा सूचीकृत हुन बाँकी रहको हकप्रद शेयरहरु लिलामी विक्री गर्न लागिएको हो ।लिलामी शेयर खरीद गर्न चाहनेहरुले सात दिनभित्र आफूले लिने कित्ता र दरभाउसमेत उल्लेख गरी आवेदन दिनुपर्नेछ ।

लक्ष्मी बैंक लिमिटेड कोष प्रवद्र्धक रहि लक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड– १ गत चैत ११ मा परिपक्व भएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्