ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

६ % ले बढेको बजारमा ९ ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक

२०७७ असार, १७  
लगानी नेप्से विश्लेषण
NA
author avatar अभियान संवाददाता

असार १७, काठमाडौं । ६ प्रतिशतले बढेको बजारमा ९ ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । 

बुधवार ९  ओटा कम्पनीको शेयर मूल्यमा अत्याधिक खरीद चाप भएकाले सर्किट ब्रेक लागेको हो । 

९ ओटा कम्पनीमध्ये सिटीजन्स बैंक इन्टरनेशनलको १० प्रतिशतले वृद्धि भएको छ भने बाँकी कम्पनीको ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । 

साना किसान विकास लघुवित्त, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, बुटवल पावर कम्पनी, गुँरास लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्