ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नेप्से बुधवार पनि बढ्यो, ६ % को सकारात्मक सर्किटपछि कारोबार बन्द 

२०७७ असार, १७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार १७, काठमाडौं । शेयर बजार बढ्ने क्रम बुधवार पनि जारी रह्यो ।

बुधवार कारोबार खुलेको १ घण्टा १३ मिनेट अवधिभर तीन पटकको सकारात्मक सर्किट लागेर बजार बन्द भएको हो । कारोबार खुलेको १३ मिनेटमै ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको थियो भने थप तिन मिनेट नपुग्दै दोस्रो सर्किट लागेको थियो । 

पहिलो सर्किटमा २० मिनेटको लागि र दोस्रो सर्किटमा ४० मिनेटको लागि कारोबार बन्द भएको हो । दोस्रो सर्किटपछि खुलेको बजार ६ प्रतिशत बढेपछि बुधवारकै लागि कारोबार बन्द भएको हो । 

बुधवारको कारोबारमा नेप्से परिसूचक ७५ दशमलव ७७ अंक बढेर १ हजार ३३६ दशमलव ५३ विन्दुमा पुगको छ । 

यस दिन १३५ कम्पनीको रू. ४० करोड ७३ लाख ५२ हजार बराबरको ११ लाख १ हजार कित्ता शेयर कारोबार भएको छ । यस दिन ३ हजार ८९० पटकको व्यापारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ ।

 नेपाल लाइफको प्रतिकित्ता रू. १२६० मा रू. ६ करोड ७६ लाख ९४ हजार बराबरको शेयर कारोबार भएको छ । बढेको बजारमा मंगलवार नकारात्मक सर्किट लागेको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्यमा बुधवार भने सकारात्मक सर्किट लागेको छ ।

 यस दिन उक्त कम्पनीको रू. ३४ ले शेयरमूल्य बढेको छ । नेपाल पुनर्बीमा कम्पनीसहित ९ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधवारको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्