ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रतिरक्षा बजेटमा १९० अर्ब डलर थप गर्ने अस्ट्रेलिया सरकारको घोषणा

२०७७ असार, १७  
अन्तरराष्ट्रिय
Image Not Found

असार १७, क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा १९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा गरेका छन् ।

आफ्नो देशको सीमा रक्षाका लागि व्यवस्था गर्न लागिएको थप बजेटबाट लामो दूरीका क्षेप्यास्त्र समेतका अत्याधुनिक हातहतियारको व्यवस्था गरिने उनले बताए । 

प्रधानमन्त्री मोरिसनले कोरोनाकाल समाप्त भएसँगै विश्व अझ खतरापूर्ण अवस्थामा पुग्ने चेतावनी दिँदै आगामी दिनमा अस्ट्रेलियाको सार्वभौमसत्ता र अखण्डता सुरक्षित एवं सुदृढ गर्न संयुक्तराज्य अमेरिका समेतका परम्परागत मित्रराष्ट्रसँगको सम्बन्धलाई अझ प्रगाढ बनाइने बताए । 

उनले दोस्रो विश्वयुद्ध पछि अहिलेको जस्तो आर्थिक तथा रणनीतिक अस्थिरता कहिल्यै नदेखिएको पनि बताए ।

प्रधानमन्त्री मोरिसनले पछिल्ला दिनहरुमा भारत र चीनबीच तथा दक्षिण चीन सागरमा तनाबको अवस्था रहेको बताउँदै भने, ‘अस्ट्रेलियामा कोरोना भाइरसको कहर मत्थर भएपनि कोरोनापश्चातको विश्वका लागि हामी तयार हुनुको विकल्प छैन जो निकै गरीब, बढी खतरापूर्ण र अव्यवस्थित हुनेछ ।’

उनले एसिया–प्रशान्त क्षेत्रका मुलुकहरुले आफ्ना सैनिकको आधुनिकीकरण गरिरहेकाले पनि अस्ट्रेलियासामु चुनौती छ भने । प्रधानमन्त्री मोरिसनले चीन र संयुक्तराज्य अमेरिकाबीच राजनीतिक, आर्थिक तथा प्रविधिगत सर्वोच्चता कायम गर्न तीव्र प्रतिस्पर्धा भइरहेको कुरा कसैबाट लुकेको छैन भने । 

अस्ट्रेलियाली सेनाको क्षमता विस्तार गर्न सरकारले अमेरिकाबाट पानीजहाज–भेदी एजीएम–१५८सी क्षेप्यास्त्र खरीद गर्नेछ । यसअघि १२४ किलोमिटरको दूरीसम्म मार हान्ने क्षमता रहेकामा अब ३७० किलोमिटरको दूरीसम्म प्रहार गर्ने क्षमता हुने अस्ट्रेलिया सरकारको भनाइ छ । 

नयाँ क्षेप्यास्त्र प्रविधि एफ–१८ सुपर हर्नेट लडाकू बिमानबाट प्रहार गर्न सकिने छ । रासस /एपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्