ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वायुसेवा निगम ६३ औं वर्षमा प्रवेश

२०७७ असार, १७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १७, काठमाडौं । नेपाल वायुसेवा निगम बुधवार ६३ औं वर्षमा प्रवेश गरेको छ  ।

६२ वर्ष पुरा गरी ६३ औं प्रवेश गरेको अवसरमा निगमले बुधवार एक  प्रेस विज्ञप्ति जारी गर्दै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको उल्लेखनीय योगदान रहँदै आएको बताएको छ । 

साथै विज्ञप्तिमा  पर्यटन क्षेत्रकै एउटा प्रमुख आधार बन्दै आएको नेपाल वायुसेवा निगम यसपल्ट विश्वमै फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट प्रभावित भएको उल्लेख छ । 

निगमले विदेशमा अलपत्र परेका  नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गर्न तथा नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरुको देशमा पुर्‍याउन हवाई उडान संचालन गरेको उल्लेख गर्दै विज्ञप्तिमा नेपालको हवाई उड्डयनको इतिहासमा पहिलो पटक अस्ट्रेलिया उडान गरेको भनिएको छ ।

निगमले यात्रुहरुको परिवहनसँगै स्वास्थ्यसँग सम्वन्धित उपकरण र वस्तुहरुको आपूर्तिमा पनि आफ्नो दायित्व निर्वाह गर्दै आएको  बताएको छ । 

निगमले इतिहासकालमा विभिन्न आरोह अवरोह पार गर्दै आएको छ  तापनि अहिलेको जस्तो असाधारण अवस्थाको अनुभूति गर्नु परेको थिएन भन्दै विज्ञप्तिमा अन्तरराष्ट्रिय उडानहरुमा क्रमशः उपलब्धि हासिल गर्दै सफलता तर्फ गति बढाइरहेको  तथा वर्तमान चुनौतीलाई अवसरको रुपमा बदल्नेतर्फ निगमकोे प्रयास परिलक्षित रहनेछ भनिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘उडानहरु नियमित हुन थालेसँगै निगम उच्च व्यवस्थापन र यसका दक्ष अनुभवी जनशक्तिको सामुहिक प्रयासमा अग्रगति दिन सफल हुने विश्वास लिएका छौं ।’
निगमले विज्ञप्तिमा आफ्नो सेवालाई नियमित एवं विश्वसनीय बनाउँदै सक्रिय रहने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्