ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

यातायात व्यवसायी महासंघको माग :  यातायात सञ्चालन नभएको समयको सहुलियत देऊ

२०७७ असार, १७  
समाचार
Image Not Found
फाइल फोटो

असार १७, काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छूटको माग गरेको छ । 

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वमा गएको महासंघको टोलीले अर्थ सचिव शिशिरकुमार ढुंगानालाई बुधवार मन्त्रालयमा विज्ञप्ति बुझाउँदै यातायात व्यवसायमा रहेका समस्या सुनाउँदै सहुलियतको माग गरेको हो । महासंघले सवारीसाधनको बैंक किस्ता स्थगन, ब्याजको पुनर्विचार र पुनर्कर्जाको व्यवस्था गर्न माग गरेको छ ।     
     
अर्थसचिव ढुंगानासँग चालक अनुमतिपत्र, सवारीसाधनको जाँचपास, रुट इजाजतलगायतका कागजातको नवीकरण स्थगनसमेत माग गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए ।

महासंघको मागप्रति अर्थ सचिव ढुंगाना सकारात्मक रहेको पनि सिटौलाले जानकारी दिए । महासंघले यस अघि पनि पटक–पटक विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि भेटेर सवारीसाधन सञ्चालन नभएको समयमा सहुलियतको माग गर्दै आएको छ । बुधवार नै ट्याक्सी चालकले यातायात व्यवस्था विभागमा ट्याक्सी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

सरकारले गत चैत ११ देखि जारी राखेको बन्दाबन्दीमा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन भए पनि सार्वजनिक सवारीसाधन खुलाउने सम्बन्धी कुनै निर्णय गरेको छैन ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्