ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

यात्रा गर्न नपाएर छट्पटिएका यात्रीका लागि नक्कली उडान 

२०७७ असार, १८  
र यो पनि
Image Not Found

असार १८, ताइपेई (ताइवान) । कोरोना भाइरसको महामारीका कारण यात्रा प्रतिबन्ध लागेसँगै मानिसहरु अन्यत्र घुम्न जान पाएका छैनन् । कोरोना भाइरसको संक्रमण सर्ने चिन्ताका कारण पनि मानिसहरुले घुमघाममा स्वमय् बन्देज लगाएका छन् । 

घर आसापास वा जिल्ला वा प्रदेशभित्र सीमित स्थानमा अत्यावश्यक कामका लागि पास लिएर जाने अनुमति पाएपनि टाढाको यात्रा गर्न पाइएको छैन । घुम्न जान नपाएपछि सामाजिक सञ्जालहरुमा समेत मानिसहरुले पुरानै घुमघामको फोटो हालेर चित्त बुझाइरहेका छन् । 

यसैबीच ताइवानको एक विमानस्थलले भन्ने नक्कली उडानको आयोजना गरेको छ । यसमा मानिसहरु विमानस्थलमा चेक इन पनि गर्छन्, पासपोर्ट नियन्त्रण र सुरक्षा जाँच लगायत सबै प्रक्रिया पूरा गरेर विमान भित्र पनि बस्छन् । 

तर सो विमानको उडान भने हुँदैन । ताइपेइएको सोङशान विमानस्थलले बिहीवारदेखि यात्रा गर्न नपाएर छट्पटिएका मानिसहरुका लागि भने नक्कली उडानको व्यवस्था गरेको हो । यस योजनामा सहभागी हुन करीब ७ हजार जनाले आवेदन दिएका थिए । पहिलो परीक्षणको लागि करीब ६० जनाको चयन गरिएको छ । 

यस्तै खालको थप नक्कली उडान आगामी हप्ता हुने बताइएको छ । ‘म साँच्चै देश छाड्न चाहन्छु, तर महामारीका कारण कयौं उडान बन्द छ,’ परीक्षणमा सहभागी हुन साथमा सानो छोरा लिएर आएकी एक ३८ वर्षिय महिलाले बताइन् । 

यात्रीहरुले सबै प्रक्रिया पूरा चाइना एयरलाइन्सको एयरबस ए३३० विमानभित्र बसे । विमानभित्र परिचारिकाहरुले उनीहरुसँग कुरा पनि गरे । उडान स्थगित भएको बेलामा विमानस्थलको मर्मतसम्भार भएको थियो । 

बिहीवारको कार्यक्रम मर्मत सम्भार पूरा भएपछिको विमानस्थल सार्वजनिक गर्न र कोरोना भाइरसको संक्रमण रोक्न मानिसहरुले अपनाउन सक्ने उपायहरुबारेमा जानकारी दिन आयोजना गरिएको थियो । सोङशानबाट प्रायः टोकियो, सोलका साथै कयौं चिनियाँ शहरतर्फ उडान हुन्छ । यो ताइवानको महत्वपूर्ण हब पनि हो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्