ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

घरभाडाका विषयमा ठमेल क्षेत्रका घरधनी र व्यवसायीको फरक मत

२०७७ असार, १८  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

असार १८, काठमाडौं । कोरोना माहामारीका कारण मारमा परेर ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरुले व्यवसाय छाड्ने क्रम बढेपछि त्यहाँका घरधनीहरुले व्यवसायीहरुलाइ घरभाडामा छूट दिने कुरामा घरधनी र व्यवसायीहरुले फरक मत राखेका छन् ।

व्यवसायीहरुले व्यवसाय छोड्न थाले पछि ठमेल विकास परिषद्को पहलमा गठित कोभिड १९ पर्यटन व्यवसायी विपद् समन्वय समितिले घरधनी र व्यवसायी दुवै पक्षलाई सहज हुने गरी लकडाउन शुरु भएदेखि १ वर्षका लागि घरभाडा, विद्युत महशुल र इन्टरनेट शुल्कमा ५० प्रतिशत छूट दिन घरधनीहरुलाई आग्रह गरेको थियो ।

त्यसपश्चात घरधनी र व्यवसायीहरुबिचमा सहमती भई घर धनिहरुले भाडामा छूट दिन थालेको विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले जानकारी दिए ।

एनका अनुसार समितिको पहलमा हालसम्म करीब ३५० भन्दा धेरै घरधनीहरुले ६ महीनादेखि १ वर्ष सम्मका लागि घरभाडामा छूट दिने सहमती भइसकेको छ ।

तर गत बिहीवार ठमेल क्षेत्रका घरधनीहरुबिच ठमेलको मण्डला स्ट्रीटमा बसेको बैठकले हालसम्म घरधनीहरुले ५० प्रतिशत छूटमा सहमती नजनाएको बताइएको छ ।

उक्त बैठकमा भेला भएका अधिकांश घरधनीहरुले १२ महीनामा १ महीनाको भाडामा मात्रै छूट दिन सकिने बताएका एक घरधनीले बताए ।

आफ्नो नाम उल्लेख गर्न नचाहेका उनले ५० प्रतिशत भाडामा छूट दिने कुराले घरधनी र व्यसायीबिचमा फाटो ल्याउने काम गर्ने भएकाले दुुवै पक्ष मिलेर सरकारलाई गुहार्नु पर्ने बताए ।

यसअघि माहामारीको प्रभावका कारण लामो समयसम्म पर्यटन व्यवसाय ठप्प हुने देखिएकाले महँगो भाडा तिर्न नसकेपछि व्यवसायीले व्यापारनै छाडेर घरधनीलाई सटर फिर्ता गर्ने क्रम बढेको थियो ।

हालसम्म करीब २७० जना व्यवसायीहरुले आफूले व्यवसाय गरिहेको व्यवसाय छाडेर घरधनीलाई सटर फिर्ता गरिसकेका छन् । ठमेल, पकनाजोल, क्षेत्रपाटि, कालधारा, नरदेवीलगायतका स्थानमा पर्यटन क्षेत्रसँग सम्बन्धित होट्ल, रेष्टुरेण्ट, ट्राभल एजेन्सी, मनीएक्सचेन्ज, हस्तकलाका सानातथा ठूला गरी करीब १० हजार पर्यटन व्यावसायीहरु र २ हजार घरधनीहरु रहेका छन् ।

व्यवसाय पूर्णरुपमा ठप्प हुँदा घरभाडा, बिजुलीको विल र बैंकको ऋण तथा व्याज तिर्नै मुस्कील भएको भन्दै व्यवसायीहरुले यस क्षेत्रका घरधनी तथा व्यवसायीहरु दुवै पक्षलाई सहज हुने गरी माहामारीको अवधिभरका लागि घरभाडा, विद्युतमहशुल र इन्टरनेट शुल्कमा समेत कम्तीमा १ वर्षका लागि ५० प्रतिशत छूट दिन घरधनीहरुलाई आग्रह गरिहेका छन् ।
व्यवसायीहरुले भने हालसम्म जे जति घरधनीले भाडामा छूट दिएका छन् त्यसको संख्या बढ्दै जाने बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्