ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शेयरबजारमा चलखेल

२०७७ असार, १९  
पाठक विचार
NA

कोरोनाका कारण अर्थतन्त्र निकै प्रभावित भएको र बैंक तथा वित्तीय संस्थाले नाफा प्रभावित भई लाभांश खुवाउनसमेत समस्या पर्ने अवस्था आएको छ । यस्तोमा बैंकहरूको शेयरको अंश अत्यधिक रहेको नेपालको शेयरबजार निकै तल झर्ने अनुमान थियो । तर, ९८ दिनपछि खुलेको शेयरबजार झर्नुको साटो माथि उक्लन थाल्यो । तर, २ दिनको सकारात्मक सर्किटपछि फेरि नकारात्मक सर्किट लागेको छ । बजार उतारचढाव स्वाभाविक भए पनि जुन गतिले घटबढ भयो, त्यो स्वाभाविक देखिँदैन ।

शेयरबजारमा चलखेल गर्नेहरूले नै मार्जिन कलको सम्भावना देखेर बजार खोल्न नदिएको आशंका छ । बजार सुधारका केही काम भएका छन् तर ठूलै परिवर्तन आएको, पूर्ण
अनलाइन भएको, अब कहिल्यै बजार बन्द नहुने जस्ता प्रचारबाजी गरेर बजार बढाइएको देखिन्छ । मौद्रिक नीतिमा शेयरबजारलाई सहज हुने खालको प्रावधान राखिएको भन्दै बजारलाई उचाल्ने काम भएको पाइयो । यस्तो चलखेलमा सामान्य लगानीकर्ता फस्ने सम्भावना हुन्छ । यस्तो चलखेल रोक्न धितोपत्र बोर्ड नै बढी चनाखो हुनुपर्ने हो । तर, धेरै सुधार भएको भन्दै बजार बढ्ने खालका चर्चा चलाउन बोर्ड नै सक्रिय रहनु कत्तिको उपयुक्त होला ?

समीर श्रेष्ठ, नयाँ बजार, काठमाडाैं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्