ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

संसद् अधिवेशन अन्त्य किन ?

२०७७ असार, १९  
पाठक विचार
NA

सत्तारूढ पार्टी नेकपामा संकट गहिरिँदै गएपछि प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त्य गरेका छन् । यसबाट संसद्मा विचाराधीन एमसीसी सम्झौता र नागरिकता विधेयकको काम अड्किएको छ । तर, सरकारले संसद् घाँडो सम्झेर सजिलोका लागि यो अधिवेशन अन्त्य गरेको हो भन्ने सजिलै बुझ्न सकिन्छ ।

संसद्ले एमसीसी पारित गर्न ढिला गरेपछि अमेरिकाले यसको मिति जथाभावी सार्न नमिल्ने बताएको छ । यसबाट एमसीसी अनुदान गुम्ने सम्भावना बढेको छ । सरकारले स्वास्थ्य सामग्री किन्दा वा अन्य सार्वजनिक खर्च आदिमा संसद्मा आवाज उठ्न थालेकाले त्यसबाट बच्न यसो गरेको धेरैको अनुमान छ । तर, यसको सम्बन्ध सत्तारूढ दलभित्रको किचलो मूल कारण हो भन्न सकिन्छ ।

प्रधानमन्त्री एकाएक संसद् अधिवेशन अन्त्य गर्ने निचोडमा पुग्नुको कारण न कोरोना संक्रमणको पैmलावट र अन्य राष्ट्रिय समस्या । यसको सीधा सम्बन्ध सत्ता संकटसँग जोडिएको छ । संसद् अधिवेशन अन्त्य गरेर प्रधानमन्त्रीले कुनै पनि बेला आपूmअनुकूल अध्यादेश ल्याउने बाटो सहज बनाएको चर्चा पनि चलिरहेको छ । यसअघि पनि सरकारले राजनीतिक दल फूटसम्बन्धी अध्योदश ल्याइएको निकै विरोध भएको थियो, जसलाई सरकारले पछि फिर्ता लिएको थियो । अहिले पनि यस्तै अध्यादेश ल्याउन सहज बाटो बनाउन संसद् अधिवेशन अन्त्य गरेको हो भन्ने धेरैको विश्लेषण छ । यसरी संसद् छलेर राजनीतिक संकट निम्तिनु ज्यादै दुःखद कुरा हो ।

रामहरि कार्की, हात्तीगौंडा, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्