ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सलहको अर्को हूल !

२०७७ असार, १९  
पाठक विचार
NA

सलहको एउटा हूल
दक्षिणतिरबाट आतंक मच्चाउँदै
देशका कुनाकन्दरा
छिचोल्दै शहर भित्रिएको छ
अनि काठमाडौंको आकाश घुमिरहेछ
गणेशजीले सुमेरू पर्वत घुमेसरी ।

सलहको अर्को हूल  
बालुवाटार हुँदै खुमलटार
डल्लु हुँदै कोटेश्वरको
आकाश फनफनी घुमिरहेछ
सिनोलाई गिद्दले घुमेसरी ।
आखिर पहिलो सलह समात्नेलाई
सरकारले किलोको २५ रुपैयाँ  इनाम तोकेछ
खै मैले थाहा पाउन सकिन हजुर
दोस्रो सलह समात्नेको इनाम  
यो सरकारले कति तोकेछ ?

वैकुण्ठ दाहाल

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्