ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ट्वाइलेटदेखि बाथ टबसम्म सबै सुन भएको होटल

२०७७ असार, २१  
र यो पनि
Image Not Found

असार २१, हानोई (भियतनाम) । कोरोना भाइरसको महामारीका कारण अहिले विश्वभर यात्रामा तीव्र कमी आएको छ । महामारीबाट सबैभन्दा धेरै मारमा पर्नेमा यात्रा तथा आतिथ्य व्यवसाय पनि छन् । यस्तोमा आगन्तुकहरुलाई तान्न भियतनामको राजधानी हनोई स्थित एक पाँचतारे होटलले भने नयाँ उपाय अनपाएको छ । 

होटलले बाथ टब, बेसिनदेखि ट्वाइलेट मात्रै होइन सबै कुरामा सुनका पत्रहरु राखेको छ । तीन महीने लकडाउनपछि क्रमशः खुल्न थालेको पयर्टन क्षेत्रलाई टेवा दिन डोल्चे हनोई गोल्डन लेक होटलले यस्तो गरेको हो । होटल होआ बिन ग्रुपको स्वामित्वमा छ । यसको व्यवस्थापन भने अमेरिकी कम्पनी वेन्धाम होटल एण्ड रेजोर्टले गर्दछ ।

भवन बाहिरबाट हेर्दा शोभियत कालको पुरानो जस्तो भएपनि भित्र भने अर्कै दृश्य देख्न सकिन्छ । ‘यो क्षणमा अहिले विश्वमा यस्तो अर्को कुनै होटल छैन,’ होआ बिन ग्रुपका मुख्य मालिक तथा अध्यक्ष ग्युयेन हु डुओङले भने । होटलको छानामा २४ क्यारेट सुनको टाइल हालिएको स्विमिङ पुल समेत रहेको छ । होटलभित्र अतिथि कक्ष, बाथरुम समेत सुनको लेपन छ । होटलमा एक रात बिताउन २५० डलर शुल्क लाग्छ । होटललाई देखेर विलासितासम्बन्धी आफ्नो धारणा फेरिएको ६२ वर्षिय आगन्तुक लुओङ भ्यान थुआनले बताए । 

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अन्य देशको तुलनामा भियतनाम धेरै हदसम्म सफल भएको छ । अहिलेसम्म त्यहाँ ३५० आसपास संक्रमित छन् भने एक जनाको पनि मृत्यु भएको छैन । महामारी नभएको भएपनि होटल अन्तरराष्ट्रिय आगन्तुकहरुबाट भरिभराउ हुने दुओङ बताउँछन् । होटललाई ढाक्न करीब एक टन सुनको प्रयोग भएको छ । हो चि मिन्ह शहर र मध्य भियतनामको एक रेजोर्टमा पनि यस्तै खालको परियोजना बनाउने उनको योजना छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्