ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सन्दीप लामिक्षाने डेढ करोडमा सीपीएलमा अनुबन्धित    

२०७७ असार, २३  
खेल विविध
Image Not Found

असार २३, काठमाडौं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग ९सीपीएल० सिजन २०२० को खेलाडी ड्राफ्टमा रू.१ करोड ५६ लाखमा अनुबन्धित भएका छन् ।

१९ वर्षीय लामिछानेलाई यस यामको सीपीएलका लागि जमैका तलावाजले गएराति १ लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो राउन्डमा छनोट गरेको हो । ड्राफ्टका लागि २३ ओटा देशका ५३७ जना खेलाडीले नाम दर्ता गराएका थिए ।     
     
सन्दीपले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए ।

सन्दीपसँगै अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियाका बेन डंक पनि सिपीएलका लागि १ लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका छन् । सन्दीप सीपीएलका लागि तेस्रोपटक अनुबन्धित भएका हुन् ।     
     
यसअघि उनी सीपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सका लागि ५ हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।

यस वर्षको सीपीएल ट्रिनिडाड एण्ड टोबागोमा आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० तारिखसम्म आयोजना गरिने भएको छ । कोरोना भाइरसका कारण उक्त समयमा प्रतियोगिता हुने नहुनेबारे भने अन्योल नै छ ।   रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्