ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुन आउने नयाँ बाटो

२०७७ असार, २५  
१० वर्ष अघि
NA

केही साता अघि नेपाल राष्ट्र बैंकले सुनको आयात कम गर्न बैकहरूलाई नयाँ निर्देशन जारी गरेछ । सुनको आयात घटाउन त्यसो गरेका अरे ⁄ सुनजस्ता अतिपवित्र चिजको पनि आयात किन घटाउनु ? आयात घटाउनु नै थियो भने विदेशी भूमिमा उब्जिएका र विदेशीले छोएका अशुद्ध खाद्यान्न वा लत्ताकपडाको आयात घटाउने उपाय गरेको भए हुन्थ्यो । धर्मभीरु हुन् वा धेरै गहना देखाएर फुर्ती देखाउनेहरू हुन्, नेपालीलाई कदमकदममा आवश्यक सुन रहेको आयात पनि घटाउने हो र ? राष्ट्र बैंक न ठहरियो । उसले कहिले कसको कुरा सुन्छ र ?

यो नयाँ निर्देशनपछि त बजारमा भएका सुन पनि हरायो अनि कति मानिसहरूको विवाह रोकियो । देश विदेश गएर घर फर्कनेहरूलाई उनीहरू बाहिर हुँदा गरेका बिटुलो कामबाट चोख्याउन घरपरिवारले ‘सुन पानी’ छर्किन पाएनन् । त्यो भयो सामाजिक, धार्मिक, सांस्कृतिक पाटो ।

यस्तो बन्देजको आर्थिक पाटो झन् भयावह छ । कति लगानीकर्ताका लागि बाँकी एउटै सुनौलो लगानीको क्षेत्र यस बिच्छुकी निर्णयले गुमाइदियो । ‘देशको पैसा जति सुन किन्नमा खर्च भयो । देशभित्र नगरेको खडेरी प¥यो, त्यस्तो संकट रोक्न सुन आयातमा कडाइ गरेको हो’ भन्ने तर्क अहिले गभर्नरकै लामो खडेरी ब्यहोरिरहेको राष्ट्र बैंकले अघि सारेको छ ।

सुन किन्न खर्च भइरहेको पैसाको खोलो अब चाहिँ कतातिर बग्ला त ? धेरै बुजु्रक अर्थशास्त्रीहरू यसबारे माथापिच्ची गर्दैछन् ।

(तीतोमीठोबाट)
वर्ष ५, अंक २५, २०६६, फागुन १०–१६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्