ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

व्यवसाय सुरक्षाका लागि ‘आफ्नै’ दस्ता

२०७७ असार, २६  
१० वर्ष अघि
NA

उद्यमी व्यवसायीहरूले आफ्नो औद्योगिक सुरक्षाका लागि आफ्नै व्यावसायिक सुरक्षा ‘दस्ता’ बनाउने अवधारणा अघि सारेका छन् । सरकारी सुरक्षा संयन्त्रबाट व्यवसायीको सुरक्षा हुन नसकेको ठहर गर्दै त्यस्तो दस्ता तयार गर्ने तयारी गरिएको जानकारी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले दिएका छन् ।

सुरक्षालगायतका आफ्ना मागहरू पूरा गर्न सरकारलाई एक महिनाको समय दिइने र त्यसलाई सरकारले पहिलेजस्तै बेवास्ता गरे उद्यमी व्यवसायीहरू आफैले सुरक्षा व्यवस्थाका लागि पहल गर्ने उनले बताए । त्यसका लागि भोलि मंगलवार प्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापनपत्र दिइने भएको छ । त्यसको तयारीस्वरूप  आज सोमवार व्यवसायीहरूकै बीचमा छलफलसमेत गरिने भएको छ । व्यवसायीहरूले उद्योग व्यवसायको सुरक्षाका लागि औद्यागिक बल गठन गर्नुपर्ने माग लामो समयदेखि गर्दै आएका छन् । सरकारले सुरुदेखि नै त्यसप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आएपनि अहिलेसम्म सुरक्षाबल गठन हुन सकेको छैन । अहिले व्यवसायीहरूले आफ्नै तजबिजमा सञ्चालन हुने गरी व्यावसायिक दस्ता बनाउने तयारी गरेका हुन् । आफूहरूले सरकारलाई तिर्ने करको शून्य दशमलव  १ प्रतिशत रकम छुट्याएर कोष खडा गर्ने र त्यही रकमबाट व्यावसायिक दस्ता सञ्चालनको व्यवस्था मिलाउनुपर्ने मागसमेत व्यवसायीहरूले सरकारसँग गरेका छन् । उनीहरूको आफ्नो सुरक्षाका लागि गाडीमा कालो सिसा लगाउन पाउनुपर्ने र साना हतियारसमेत राख्न पाउनुपर्ने माग छ ।

वर्ष ५, अंक २६, २०६६, फागुन १७–२३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्