ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा एकैदिन थपिए २६ हजारभन्दा धेरै संक्रमित

२०७७ असार, २६  
अन्तरराष्ट्रिय
Image Not Found

असार २६, नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक  संक्रमितको संख्या बढ्दै जाने क्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सबैभन्दा धेरै पनि हो । 

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमित भएकाहरुको संख्या सात लाख ९३ हजार ८०२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतमा अहिले पनि दुई लाख ७६ हजार ६८५ जना संक्रमित अवस्थामै रहेका छन् भने चार लाख ९५ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २१ हजार ६०४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा दुई लाख ३० हजार ५९९ जना संक्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा एक लाख २६ हजार ५८१ जना र दिल्ली प्रदेशमा एक लाख सात हजार ५१ जना संक्रमित भएका छन् । रासस/एएनआई 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्