ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मध्यपश्चिमाञ्चल र हुपेई विश्वविद्यालयबिच सम्झौता

२०७७ असार, २६  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

असार २६, सुर्खेत । सुर्खेत स्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चीनको हुपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय, सिजियाच्वांङगसँग शैक्षिक तथा अनुसान्धान विकासमा सहकार्य गर्नका लागि सम्झौता भएको छ । 

मध्यपश्चिमान्चल विश्वविद्यालय तर्फबाट उपकुलपति नन्दबहादुर सिंह र हुपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय तर्फबाट उपकुलपति हे छिछ्याङ्ग बिच शैक्षिक तथा अनुसान्धान विकासमा सहकार्य गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । 

विश्वविद्यालयका उपप्राध्यापक एवं सूचना तथा सञ्चार प्रविधि विज्ञ पञ्चदेव भट्टले शैक्षिक तथा अनुसन्धान विकासका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय र हुपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालयबिच पहिलो पटक एतिहासिक सम्झौंता भएको बताए । 

‘सम्झौतामा दुवै विश्वविद्यालयबिच दीर्घकालिन रुपमा लागू हुने गरि शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्ने भनिएको छ,’ उनले भने, ‘यो सहकार्य पश्चात दुईओटै विश्वविद्यालयले साझा चासोका विषयहरुमा सहकार्य गर्दै दीर्घकालिन तथा समग्र सहयोगको परिधी अन्तर्गत रहेर वैज्ञानिक अनुसान्धान, शैक्षिक संस्था संचालन तथा भिजिटिङ स्कलर आदान प्रदान गरिनेछ ।’ 

उनले दुवै विश्वविद्यायबिच शैक्षिक पठन–पाठन सुधार तथा सिकाईका लागि उपयुक्त प्राध्यापकहरुबिच समेत आदान प्रदान गरिने जानकारी दिए । उनका अनुसार दुवै विश्वविद्यालय अन्तर्गत रहेका विभाग तथा स्कुलहरु बिच जीवन्त सहकार्य हुनेछ । 

सम्झौता पश्चात दुई ओटै विश्वविद्यालयले आफ्ना विद्यार्थीहरु सम्बन्धित विषय अन्तर्गत रहेर ट्रान्सफर गरी पढ्न सक्नेछन् । त्यसबाट विद्यार्थीको सिकाई सुधार तथा अन्तरराष्ट्रिय शिक्षामा समेत पहुँच पुग्नेछ,’ उपप्राध्यापक एवं सूचना तथा सञ्चार प्रविधि विज्ञ भट्टले भने । दुई विश्वविद्यालयबिच भएको औपचारिक सम्झौंताबाट सहकार्यको प्रभावकारिता तथा

उपयोगिताको दायरालाई फराकिलो पार्दै प्राध्यापक तथा अध्यनरत विद्यार्थीहरुले एक आपसमा प्रत्यक्ष शैक्षिक लाभ लिन सक्ने विश्वास लिइएको मप विश्वविद्यालयको भनाइ छ । 

सन् १९५३ मा चीनको हुपेई  प्रान्तमा स्थापना भएको हुपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय अन्तर्गत अर्थशास्त्र, व्यवस्थापन, कानून, कला, विज्ञान तथा प्रविधि विषयमा अध्ययन तथा अध्यापनका लागि प्रशिद्ध रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्