ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि

२०७७ असार, २६  
समाचार
Image Not Found

असार २६, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि भएको छ । 

नेपाल आयल निगमले शुक्रवार सूचना जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू. १ ले बढाएको जानकारी दिएको छ ।

निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रू. १०२ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू.  ८८ पर्ने भएको छ ।

बढेको मूल्य शुक्रवार राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्