ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सहकारीले शुरू गर्‍यो एटीएम सेवा

२०७७ असार, २९  
बजार
Image Not Found

बागलुङ (अस) । बागलुङको सीवाईसी बचत तथा ऋण सहकारी संस्थाले एटीएम सेवा शुरू गरेको छ । सहकारीले साविकको धवलागिरि अञ्चलमै सहकारी मार्फत पहिलोपटक एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।

बागलुङको विभिन्न ११ स्थानबाट सेवा प्रवाह गर्दै आएको सहकारीले बागलुङ बजारस्थित केन्द्रीय कार्यालयमा एटीएम सेवा सञ्चालन गरेको छ । युवा पुस्तालाई सहकारीमा आकर्षित गर्न र प्रविधिमार्फत अगाडि बढ्ने उद्देश्यले एटीएम सेवा सञ्चालन गरेको सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।

सहकारीहरू जनताको सेवाका लागि भएकाले २४ सै घण्टा सेवा प्रवाह गर्ने उद्देश्यले एटीएम सेवा सञ्चालन गरेको शर्माले बताए । ‘सहकारीहरू नाफामुलक नभई सेवामुलुक हुनुपर्छ’, अध्यक्ष शर्माले भने, ‘सहकारीहरूले दैनिक कारोबार बिहानैदेखि साँझसम्म गर्ने भए पनि रातीका लागि पनि सेवा दिने उद्देश्यले एटीएम सेवा सञ्चालन गरेका हौं ।’

सहकारीमा हालसम्म १० हजार शेयरसदस्य रहेको सहकारीका सहसचिव सुवास आचार्यले जानकारी दिए । उनले आगामी आर्थिक वर्ष २०७७/७८ मा बागलुङका १० ओटै पालिकाबाटै सेवा प्रवाह गर्ने लक्ष्य लिएको जानकारी दिए । सहकारीले बचत तथा ऋण सहित, रेमिट्यान्स सेवा, क्यूआर कोड सेवा दिँदै आएकोमा एटीएम सेवा थपिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्