ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रदेश नं २ सरकारको बजेट बहुमतले पारित

२०७७ असार, २९  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

असार २९, जनकपुरधाम । प्रदेश नं २ सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७७/ ०७८ को बजेट बहुमतले पारित भएको छ ।आइतवार साँझ बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित  भएको हो ।

सर्वसम्मतबाट बजेट पास नभएपछि मतविभाजन प्रक्रियामा गएर बजेट पारित भएको हो । प्रदेश नं २ सरकारले आगामी आर्थिक वर्ष २०७७/ ७८ को लागि रू.३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट  विनियोजन गरेको छ । 

प्रदेश २ मा १०७ सांसद रहेका छन्, जसमध्ये आइतवारको बैठकमा ७४ जना सांसद उपस्थित थिए भने ६ जना अनलाईन जुममा गरी ८० जनाको सहभागिता थियो । सहभागिमध्ये विनियोजन विधेयकको पक्षमा ४८ जना सांसदले मतदान गरेका थिए ।

मत विभाजन प्रक्रियामा सदनमा सहभागि सांसदलाई पक्ष र विपक्षमा उभिन लगाइएको थियो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रस्ताव गरेको विनियोजन विधेयक पारित गर्ने प्रस्ताव प्रदेशसभाका सभामुख सरोज यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेकपाका सांसद सुन्दर विश्वकर्माले असहमति जनाउँदै मत विभाजनको माग गरेपछि प्रदेश सभामा उपस्थित र अनलाईन माध्यमबाट सांसदहरु सहभागी भइ पक्ष र विपक्षमा मतदान गरेका हुन् ।

बजेट पारित हुनु अघि प्रदेश सभा बैठकमा सत्तारुढ तथा प्रतिपक्षी सांसदले बजेट विनियोजन उपरको छलफलको क्रममा र मन्त्रालयका विभिन्न काम कारबाहीको सम्वन्धमा उठाएको प्रश्नहरुको मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरुले जवाफ दिएका थिए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्