ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

साधना लघुवित्तको आईपीओ बाँडफाँट,  ६६ हजार १५२ जनालाई १० कित्ता  

२०७७ असार, २९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार २९, काठमाडौं  । साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार सांझ बाँडफाँट भएको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओ ६६ हजार १५२ जनाले १० कित्ताका दरले हात पारेका छन् भने ३ लाख ८१ हजार ६९७ जनाको भने हात खाली भएको छ । क्यापिटलको कार्यालय जमल, काठमाडौंमा बाँडफाँट भएको हो ।

उक्त कम्पनीको आईपीओमा आवेदन गर्ने आवेदकमध्ये ८५ प्रतिशतभन्दा धेरैको हात खाली भएको छ। कुल ४ लाख ४८ हजार ६४० ओटा योग्य आवेदनबाट १ करोड ९ लाख ९९० कित्ता शेयर खरीदको लागि आवेदन परेको मा ७९१ ओटा आवेदकको आवेदन भने रद्ध भएको छ। 

कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ७ हजार ८०० कित्ता आईपीओ बिक्री गरेको हो । कुल कित्तामध्ये १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरिएको हो ।

कम्पनीले असार २१ देखि २४ गतेसम्म सार्वजनिक निष्कासन गरेको थियो । विक्री बन्द भएको पाँच दिनभित्र कम्पनीले आईपीओ बाँडफाँट गरेको हो ।
हाल रू.१४ करोड ७७ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात यो पूँजी रू. २१ करोड ७७ लाख पुगेको छ । 

यो पनि हेर्नुस् :

साधना लघुवित्तको आईपीओ बाँडफाँट हुँदै

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्