ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा १० अर्ब डलर लगानी गर्दै गूगल 

२०७७ असार, २९  
अन्तरराष्ट्रिय
Image Not Found

असार २९, नयाँ दिल्ली (भारत) । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन गूगलले भारतमा १० अर्ब डलर लगानी गर्ने भएको छ । 

कम्पनीले आगामी ५ देखि ७ वर्षभित्र सो लगानी गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले भारतीय समाचार संस्था इकोनोमिक टाइम्ससँगको एक अन्तरवार्तामा सोमवार बताएका हुन् ।

गूगलले यो लगानी ठूला भारतीय कम्पनीका साथै डिजिटल सेवा प्रदायकको हिस्सा खरीदमा प्रयोग गर्ने बताइएको छ । यस घोषणाले भारतीय सञ्चालन बढाउने र भारतको डिजिटल बजारमा उपस्थिति बलियो बनाउने कम्पनीको ध्येयतर्फ औंल्याएको छ ।

विगत ३ महीनाभन्दा कम अवधिमा भारतीय व्यापारिक समूह रिलायन्सको दूरसञ्चार कम्पनी जियोमा १२ चरणमा १५ अर्ब डलरभन्दा धेरैको लगानी आएको लगत्तै गूगलको यस्तो घोषणा आएको हो । कम्पनीको रुपमा गूगलले आफूलाई भारतप्रति प्रतिबद्ध गर्न चाहेको र यहाँको डिजिटल बजारमा राम्रो अवसर खोजेको पिचाईले बताएका छन् । 

कम्पनीले १० अर्ब डलर (साढे ७ खर्ब रुपया) बराबरको इण्डिया डिजिटाइजेशन कोष शुरु गरेको र यसको रकम ठूला कम्पनीको साथसाथै साना कम्पनी र डाटा सेन्टर निर्माण लगायत पूर्वाधारमा खर्च हुने पिचाइको भनाइ छ । 

अन्तरवार्ताको क्रममा रिलायन्स जियो वा भोडाफोन–आईडियामा शेयर खरीदबारे चलेको हल्लाबारे भने पिचाईले कुनै पनि अभिव्यक्ति दिएनन् । 

उक्त कोषमार्फत कम्पनीले भारतमा सान्दर्भिक हुने नयाँ प्रडक्ट र सेवा निर्माण गर्ने उनको भनाइ छ । पिचाईका अनुसार गूगलले साना तथा मझौला आकारको व्यवसाय (एसएमई) लाई कृत्रिम बौद्धिकताको साथै डिजिटल यात्रामा समेत मद्दत गर्नेछ । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्