ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विश्वभर स्कुल छाड्दै एक करोड बालबालिका

२०७७ असार, २९  
अन्तरराष्ट्रिय
Image Not Found

असार २९, लन्डन (बेलायत) । कोरोना भाइरस महामारीका कारण विश्वभर विद्यालयहरु बन्द छन् ।
 

यसका कारण विश्वभर करीब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको एक अध्ययनले देखाएको छ । यस घटनालाई बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले अभूतपूर्व शैक्षिक आपतकालको संज्ञा दिएको छ । 

गत अप्रिलमा विद्यालय र विश्वविद्यालयहरु बन्द रहँदा विश्वभरका १ अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट बन्चित रहेको युनेस्कोको तथ्यांक विश्लेषण गर्दै सेभ द चिल्ड्रेनले बताएको छ । यो विश्वको कुल विद्यार्थी संख्याको करीब ९० प्रतिशत हो ।

‘हाम्रो मानव इतिहासमा विश्वभरका यतिठूलो संख्यामा बालबालिका पहिलोपटक विद्यालय शिक्षाबाट बन्चित रहेका छन्,’ एक प्रतिवेदनमा सेभ द चिल्ड्रेनले भनेको छ । 

महामारीका कारण आर्थिक संकटबीच ९ करोडदेखि ११ करोड ७० लाख बालिबालिका गरिबीको चक्रमा फस्ने अनुमान गरिएको छ । यसको असर बालबालिकाको पुनः विद्यालय भर्नामा पर्नेछ । पारिवारिक समस्याका कारण धेरै बालबालिकाहरु काममा लाग्ने सम्भावना छ । 

बालिकाहरुको भने चाँडो विवाह हुन सक्ने अनुमान गरिएको छ । फलतः ७० लाखदेखि ९७ लाख बालबालिकाले स्थायी रुपमै विद्यालय छाड्ने देखिन्छ । 

यही संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा न्यून वा मध्यम आय भएका मुलुकमा शिक्षाको बजेट करीब ७७ अर्ब डलर घट्नेछ । महामारीका कारण करीब १ करोड बालबालिकाले स्कुल छाड्ने देखिएकोले सरकार तथा दातृ निकायहरुले तत्कालै शिक्षामा लगानी बढाउनुको विकल्प नरहेको सेभ द चिल्ड्रेनका कार्यकारी प्रमुख इन्गर आशिङले बताए । 

प्रतिवेदनअनुसार विश्वका १२ ओटा मुलुकमा सर्वाधिक असर पर्ने छ । ती देशहरुमा नाइजर, माली, चाड, लाइबेरिया, अफगानिस्तान, गिनी, मौरीटानिया, येमन, नाइजेरिया, पाकिस्तान, सेनेगल र आइभरीकोस्ट रहेका छन् । रासस/ एएफपी 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्