ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्पर्श लघुवित्त चौथो वर्षमा

२०७७ असार, ३०  
बजार
Image Not Found

काठमाडौं (अस) । स्पर्श लघुवित्त वित्तीय संस्थाले सेवा शुरू गरेको तेस्रो वर्ष पूरा गरी सोमवारदेखि चौथो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले आप्mनो २० ओटै शाखा कार्यालयहरू मार्फत सदस्यहरूलाई हात धुने साबुन तथा स्यानिटाइजर वितरण गरेको बताएको छ ।

संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको लक्षणसम्बन्धी जानकारी दिँदै संस्थाले रोकथाम तथा सावधानीको उपायबारे सबै शाखामका जनचेतनामुलक सामग्रीहरू वितरण गरेको बताएको छ । विद्यमान प्रकोपबाट आपूm बाँच्न र अरुलाई पनि बचाउन विशेष जोड दिँदै संस्थाले सरसफाइमा ध्यान दिनु पर्ने भएकाले पटक–पटक साबुन पानीले हात धुनुपर्छ भन्ने भावनाको विकास गराउँदै सदस्यलाई हात धुने सावुन तथा केन्द्रमा स्यानिटाइजर वितरण गरेको संस्थाको भनाइ छ । ‘उद्यमशीलतासँगै आत्मनिर्भरता’ नाराका साथ २९ असार २०७४ मा संस्था स्थापना गरी सेवा शुरू गरेको थियो । संस्थाको हाल १० जिल्लामा करीब १७ हजार ५०० सदस्य छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्