ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुर्खेत उद्योग वाणिज्य संघद्वारा बजार बन्द

बैंकहरूमा बैंकिङ कारोबार बहिष्कारको ब्यानर टाँस

२०७७ असार, ३०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वीरेन्द्रनगर । सुर्खेत उद्योग वाणिज्य संघको आह्वानमा सोमवार कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर बजार बन्द भएको छ । व्यवसायीहरू धराशयी बनेको भन्दै उचित राहतको माग गर्दै चरणवद्ध आन्दोलनस्वरूप संघले सोमवार बजार बन्द गराएको हो ।

कोरोनाका कारण सम्पूर्ण व्यवसाय धराशयी बनिरहेको बेलामा बैंकले समेत असार मसान्तको नाममा तनाव दिन थालेपछि आन्दोलन गर्न बाध्य भएको संघले बताएको छ । सुर्खेतका उद्योगी व्यवसायीहरूले आइतवार वीरेन्द्रनगरमा पसलहरू बन्द गरेका छन् । कोरोना महामारीको विषम परिस्थितिमा पनि बैंकहरूले ब्याज बुझाउन ताकेता गरेको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।

विशेषगरी व्यवसायीहरू बैंकिङ कारोबार बहिष्कार गर्दै आन्दोलनमा उत्रिएका हुन् । पसलहरू बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेतस्थित बैंकहरूमा बैंकिङ कारोबार बहिष्कार गरिएको ब्यानर समेत टाँसेका छन् । संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका उनीहरूले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर २७ बुँदे मागपत्र र सांकेतिक साँचोसमेत बुझाएका छन् ।

मुख्यमन्त्री शाहीले माग सम्बोन्धनका लागि संघीय सरकारसँग पहल गर्ने आश्वासन दिएको व्यवसायीहरूले बताएका छन् । लकडाउन खुलेको १ हप्तामै  बैंकहरूको ब्याज तिर्न नसक्ने भएकाले आन्दोलनमा उत्रिन बाध्य भएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए । सरकारले व्यवसायीहरूलाई राहत उपलब्ध गराउनाको सट्टा कर तथा ब्याज उठाउन लकडाउन खोलेको आरोप उनको छ । सरकारले राहत उपलब्ध नगराए थप चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी उनले दिए ।

कोरोनाले गर्दा थला परेका व्यवसायीहरूलाई बैंकबाट ब्याज तिर्न आइरहेको दबाबले तनाव थपिएको नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए । ‘हामीले ऋण र ब्याज नतिर्ने भनेका छैनौं, तर समयसाक्षेप अनुसार चल्न अनुरोध गरेका हौं । यदि सरकारले हाम्रो आग्रलाई सुनेन भने कडा भन्दा कडा आन्दोलन गर्न हामी बाध्य हुनेछौं ।’ कोभिड–१९ को यो समयमा करोडौंको लगानीलाई जोखिममा राखेर सरकारलाई साथ दिँदादिँदै पनि सरकारले व्यावसायीहरूको धैर्यता र सहनशिलतालाई कमजोरी ठानिरह्यो भने अवस्था प्रतिकुलन बन्न सक्ने चेतावनी उनले दिए ।

प्रतिक्रिया [1]
User Image

suzan

[Jul 14, 2020 08:40am]

tyati le matra pura kaha hunxa ra ghar vada satar vada 3 mnth ko xut garaunu pani sarkhar lai dawav dinu jaruri xa...


प्रतिक्रिया दिनुहोस्