ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्याकिङ मेटेरियल आयातमा महसुल धरौटीको सहुलियत हटाउन माग

स्वदेशी उद्योग मर्कामा परेको व्यवसायीको गुनासो

२०७७ असार, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । सरकारले स्वदेशी । उद्योग संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै आए पनि कतिपय नीतिले आयात प्रवद्र्धन गरेको उद्यमीले बताएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७/७८ का लागि ल्याएको बजेटमार्फत एउटा यस्तै व्यवस्था मिलाएको छ, जसबाट स्वदेशी प्याकेजिङ उद्योग संकटमा पर्ने दाबी उद्योगीहरूको छ ।

प्याकिङ मेटेरियल आयातमा दिएको सहुलियतका कारण स्वदेशी प्याकेजिङ उद्योग मारमा परेको उद्योगीले बताए । आर्थिक ऐन २०७७ ले निकासी वा स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा विक्री गर्ने उद्योगलाई महसुल धरौटीमा राख्न सक्ने सुविधा दिएको छ ।

यस्ता उद्योगले ल्याउने कच्चा पदार्थ, स्वदेशमा उत्पादन हुने प्याकिङ मेटेरियलसहितका सहायक कच्चा पदार्थ महसुल धरौटीमा ल्याउन पाउने व्यवस्था आर्थिक ऐनमा छ । निकासीको कागजातका आधारमा धरौटी रकम फिर्ता हुन्छ ।

यो प्रावधान स्वदेशी प्याकेजिङ उद्योगको हितविपरीत रहेको साई मेटल उद्योगका सञ्चालक प्रदीप केडियाले बताए । ‘सरकारले स्वदेशका प्याकेजिङ उद्योगलाई अप्ठ्यारो पार्ने गरी नियम ल्यायो । यसले यहाँ खुलेका यस्ता उद्योग धराशयी हुन्छन्,’ वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका केडियाले आर्थिक अभियानसँग भने ।

स्वदेशमै प्याकेजिड उद्योग फस्टाइरहेको बेलामा निकासीजन्य उद्योगलाई स्थानीय उद्योगबाटै सहायक कच्चा पदार्थ लिन प्रोत्साहित गर्नुपर्ने उनले बताए । सरकारको नीतिले स्वदेशी उद्योगमा ताला लगाएर आयात बढाउने अवस्था आउने उद्योगीले बताएका छन् ।

स्वदेशी प्याकेजिङ उद्यमका करीब रू. ५ अर्ब लगानी भइसकेको अनुमान उद्योगीहरू गर्छन् । निकासीजन्य उद्योगले धरौटीमा प्याकिङ मेटेरियल ल्याउन पाउने भएपछि यहाँका उद्योग बन्द हुने केडियाको चिन्ता छ । ‘यहाँ उत्पादन नहुने कच्चा पदार्थमा सहुलियत उचित भए पनि प्याकिङ मेटेरियलमा दिइएको सहुलियतले स्वदेशी उद्योगमा ताला लाग्ने निश्चित छ,’ उनले भने । प्याकेजिङ उद्योगलाई महसुल धरौटीको सुविधा दिएमा निकासीजन्य उद्योगलाई स्वदेशमै यस्तो सामग्री सस्तोमा उपलब्ध हुन सक्ने दाबी संघका महासचिव माधव राजपालले बताए । ‘स्वदेशी उद्योगले आयातितको तुलनामा गुणस्तरीय प्याकिङ मेटेरियल उत्पादन गरिरहेकाले आयात प्रतिस्थान गर्ने नीति लिइनु उचित हुन्छ,’ महासचिव माधव राजपालको भनाइ छ ।

तेल, घिउ, खाद्यान्न, औषधि, निर्माण सामग्रीलगायत उद्योगलाई प्याकिङ मेटेरियल आवश्यक पर्छ । स्वदेशमै गुणस्तरीय टीनका बट्टा उत्पादन भए पनि सरकारी नीतिका कारण अधिकांश तेल उद्योगले भारतबाट न्यून गुणस्तरीय बट्टा आयात गरिरहेको दाबी केडियाको छ । वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योग विभागलाई पत्र लेखेर स्वदेशी उत्पादन प्रवर्द्धनका लागि आयातित उत्पादनलाई दिइएको यस्तो सहुलियत हटाउन माग गरेको छ । आयातको सट्टा स्थानीय उद्योगलाई सहुलियत दिँदा अन्य उद्योगलाई पनि सुपथ मूल्यमा गुणस्तरीय प्याकिङ मेटेरियल आपूर्ति गर्न सकिने उद्योगीको दाबी छ । यसबाट स्वदेशी उद्यम र रोजगारीसमेत प्रवद्र्धन हुने महासचिव राजपालले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्