ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शारिरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण        

२०७७ सावन, ३  
स्वास्थ्य र जीवन शैली
Image Not Found

साउन ३,  ब्राजिल । नियमित रुपमा शारिरीक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरुलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ ।     
     
त्यसैगरी दीर्घ रोग, कमजोर मांसपेशीसम्वन्धी समस्या र अन्य शारिरीक कमजोरीलगायतका लागि पनि नियमित शारिरिक अभ्यास छ की छैन भन्ने कुराले महत्व राख्ने अध्ययनकर्ताहरुको निश्कर्ष छ ।     
     
ब्राजिलको साओ पाउलो विश्वविद्यालयबाट गरिएको अध्ययनको प्रतिवेदन अमेरिकी जेरियाट्रिक्स सोसाइटीको जर्नलमा प्रकाशित भएको हो । अध्ययनले पाँच देखि १० दिनसम्मको निस्क्रियताले पनि मांशपेसीमा समस्या ल्याउन सक्ने देखाएको प्रतिवेदनमा उल्लेख छ ।     
     
विश्वभरी कोरोनाभाइरसको संक्रमण फैलिएपछि जेष्ठ नागरिकहरुको शारिरीक अभ्यासमा कमी आएको र त्यसले उनीहरुको स्वास्थ्यमा पनि असर पारेको अध्ययनकर्ताहरुले बताएका छन् ।     
     
दैनिक १ हजार ५०० पाईलासम्म हिडेकाहरुलाई मांशपेसी चलेर स्वास्थ्यमा कम समस्या आउने अध्ययनले देखाएको छ । शारिरीक अभ्यास कम हुँदा रगतमा चिनीको मात्रा बढ्ने चिकित्सकहरुको पनि भनाइ छ ।   रासस/ एएनआई
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्