ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मोतीजडित मास्क !

२०७७ सावन, ३  
र यो पनि
Image Not Found
author avatar अभियान संवाददाता

साउन ३, काठमाडौं । कोरोना भाइरसको महामारीबीच मास्कको महत्व बढेको छ । मास्क हाम्रो जीवनको अनिवार्य हिस्सा बनेको छ ।

जिन्दगीभर अनुहारमा मास्क नलगाएकाहरु समेत अहिले मास्क लगाउन थालेका छन् । अहिले मात्रै होइन भविष्यमा पनि यसको प्रयोग निरन्तर हुने देखिएको छ ।

केही समयअघि हामीकहाँ मास्कको अभाव चुलिएको भएपनि अहिले स्थितिमा सुधार आएको छ । मास्कको चर्चा र व्यापार बढेसँगै मानिसहरुले नयाँ –नयाँ आइडिया निकालिरहेका छन् ।

फेसन ब्रान्डहरुले ब्राण्डेड मास्क ल्याइरहेका छन् । टूपिस र अन्य पहिरनसँग मास्क पनि आउन थालेका छन् । केही समय अघि भारतमा सुन र चाँदीको मास्क बनेको थियो । अहिले जापानमा मोतीको मास्क बनाइएको छ । 

जापानकी चर्चित डिजाइनर रिको कावानिशीले सो मास्क बनाएकी हुन् । यसका लागि उनले फरक –फरक आकारका ३१० ओटा असली मोती प्रयोग गरेकी छिन् । 

एउटा मास्क बनाउन आफूलाई चीन दिन लागेको उनको भनाइ छ । मास्कको मूल्य १० लाख येन (९ हजार ३५० अमेरिकी डलर) रहेको छ । कावानिशीले साढे ३ दशकदेखि गरगहना बनाइरहेकी छिन् । 
मोतीजडित एसेशरिज बनाउने आफ्नो इच्छाअनुरुप यो मास्क बनाएको उनको भनाइ छ ।

यो मास्क कोरोना भाइरस विरुद्धको संक्रमण रोक्नभन्दा पनि अरुलाई देखाउनका लागि बनाइएको हो । मास्कमा भएको मोतीलाई पछि मालाको रुपमासमेत प्रयोग गर्न सकिने उनी बताउँछिन् । एजेन्सी 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्